newskoseli.Com

अज्ञात समूहद्वारा बम विस्फोट, उद्योगको पर्खाल र छाना क्षतिग्रस्त…

कैलालीको लम्कीचुहानगरपालिका– १ स्थित देउती गुडखा उद्योग परिसरमा बिहीबार बिहान अज्ञात समूहले बम विस्फोट गराएको छ ।

विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताएका छन् ।

स्थानीयवासी यज्ञबहादुर ओलीको उक्त उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको जनाइएको छ ।

यसअघि साउन २ मा उक्त उद्योग नजिक फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउमा अवस्थित उद्योग परिसरमा बम फेला परेपछि स्थानीयवासी त्रसित छन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर