newskoseli.Com

दाहाल यज्ञनिधिको स्वास्थ्य ‘स्थिर’, अन्नपूर्णबाट सुमेरु अस्पतालतर्फ

 

साहित्यकार एवं प्रशिद्ध रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्काघात भएपछि दाहाललाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

६५ वर्षीय यज्ञनिधिको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । डायलासिस गर्ने क्रममा गत बुधबार बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

उनी मस्तिष्काघातका कारण मण्डिखाटारस्थित निवासमा लडेका थिए । शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्ने सल्लाह चिकित्सकले दिएपछि थप उपचारका लागि उनलाई शुक्रबार ललितपुरस्थित सुमेरु अस्पताल लगिने जानकारी उनका भाइ पुष्पनिधिले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर