newskoseli.Com

प्रकाण्ड पक्राउ र भक्तपुर ‘इन्काउन्टर’ बारे यसो भने गृहमन्त्री बादलले…

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आपराधिक गतिविधि गरेका कारण खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरिएको दावी गरेका छन् ।

गृहजिल्ला चितवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता विश्वकर्मालाई चन्दाआतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको गृहमन्त्री थापाले बताएका हुन् । ‘कानुन र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्’– उनले भने ।

गृहमन्त्री बादलले भने– ‘म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराध नियन्त्रण गर्ने हो ।’ खड्गबहादुर विश्वकर्मा पनि प्रहरीको खोजी–सूचीमै रहेकाले उनलाई पक्राउ गरिएको थापाले बताए । सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिक रुपमा र प्रशासनिक रुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको उनले बताए ।

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घन्टाभित्रै निस्तेज पार्न सफल भएको दावी उनले गरे । गृह मन्त्रालयमा प्राप्त रिपोर्ट अनुसार उक्त घटना मुठभेडबाटै भएको भन्दै गृहमन्त्री थापाले भने– ‘फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौं ।’

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै तस्करहरु नछुट्ने दावी समेत उनले गरे । सरकारले देशमा शान्ति–सुरक्षा र अमनचैन कायम गर्न सकेको गृहमन्त्री थापाले जिकिर गरे । अपराध कम भएको र सरकार दोषीलाई तत्काल पक्राउ गर्न सफल भएको भन्दै विपद व्यवस्थापनमा सरकार लागिपरेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर