newskoseli.Com

राजधानीमा बन्दै ‘स्मार्ट’ पार्किङस्थल ! सवारीको नम्बर ‘सेन्सर मेसिन’ ले जाँच्ने…

 

उपत्यकामा मुख्य समस्याका रुपमा रहेको यातायातका साधन पार्किङ अब सहज हुने भएको छ । पार्किङ व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिका ‘स्मार्ट पार्किङ’ निर्माणको तयारीमा जुटेसँगै उक्त समस्यामा कमी आउने भएको हो ।

कामपाले पहिलो चरणमा नयाँ सडकस्थित धर्मपथमा पार्किङस्थल निर्माण गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । बोलपत्रका लागि आगामी हप्ता सूचना गरिने र त्यसको एक महिनापछि प्रक्रिया अनुरुपका कम्पनीलाई निर्माणको जिम्मा दिइने जानकारी कामपा सार्वजनिक एकाइ प्रमुख महेश काफ्लेले दिए ।

पहिलो पटक परीक्षणका रुपमा गरिने उक्त पार्किङस्थलको प्रभावकारिता हेरी अन्य स्थानमा पनि निर्माण गरिने काफ्लेले बताए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ । कोही व्यक्ति नयाँ सडक जान लागेको छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कारणवश अन्य व्यक्तिले पहिले नै बुक गरिसकेको भए सो स्थानमा सवारी साधन पार्किङ गर्न खोज्दा त्यहाँ ठाउँ पाइनेछैन ।

दर्ता गरिएको सवारी साधनको नम्बर सही छ वा छैन भनी ‘सेन्सर मेसिन’ले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्क गर्न सकिन्छ । जुन सवारी साधनको नम्बर दर्ता भएको छ, उक्त सवारी साधनले मात्र त्यस स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले बताए ।

विशालबजार अगाडि रहेको खालि स्थानमा पनि पार्किङस्थल निर्माण गर्ने कामपाको तयारी छ । उक्त पार्किङस्थलमा एकै पटकमा साना–ठूला गरी झन्डै १ हजार सवारी साधन राख्न मिल्नेछ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर