newskoseli.Com

‘फारम नभर्नोस्’ : भूकम्पपीडितलाई प्राविधिकको आदेश…

 

भूकम्पले भत्किएको घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता रकम प्राप्तिका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले ‘म्याद सकियो, फारम नभर्नोस्’ भनी फर्काइदिएको गुनासो पीडितले गरेका छन् ।

बनेपा नगरपालिका– १३, बुढाथोकीगाउँकी मीठू बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न साताअघि वडा कार्यालय पुगिन् । वडा कार्यालयमै खटिएका सहायक इञ्जिनियर प्रवीणकुमार यादवले ‘म्याद सकियो’ भनेपछि आफू फारम नभरी फर्किएको उनले बताइन् ।

इञ्जिनियर यादवले सरकारी समाचार एजेन्सी रासससँग कुरा गर्दै दोस्रो किस्ताको ‘फारम नभर्नू’ भन्ने खबर ‘माथि’ बाटै आएकाले फारम नभरिएको स्वीकारेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको चैतको बैठकले दोस्रो किस्ता असार मसान्तसम्म लिइसक्नुपर्ने निर्णय गरेको थियो ।

प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको एक महिना बितिसक्दा पनि नियुक्त नगरिएकाले म्याद थप गर्ने निर्णय हुन सकेको छैन । प्राधिकरणको निर्णय वडासम्म नआउँदा कार्यालय नै के गर्ने भन्ने अन्योलमा रहेको वडाध्यक्ष सूर्यनारायण नापितले बताए ।

वडा कार्यालयमा सम्पर्क गर्न पीडितहरु आउने भए पनि वडासँगै जानकारी नहुने गरेको उनले सुनाए । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने ‘…काम जारी राख्न निर्देशन दिइसकिएको’ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर