newskoseli.Com

‘दाइजो कम ल्याएको’ निहुँमा महिलामाथि यस्तो यातना…

 

विवाहमा थोरै दाइजो ल्याएको निहुँमा भोक्राहा नरसिहं गाउँपालिका– १ की सञ्जिला खातुनलाई परिवारले एक वर्षदेखि चरम यातना दिँदै आएको छ ।

भोक्राहा नरसिंह– १ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं– ५ का सद्धाम मियाँसँग भएको थियो । विवाह भएको केही महिनादेखि नै श्रीमान् र उनका बाबु–आमा समेतले ‘तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएका छन्, अरु रहम नथपे ठीक हुँदैन’ भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित खातुनले बताइन् ।

आफूलाई दैनिक काममा लगाउने तर खान समेत नदिने र बेलुकी भएपछि कुटपिट समेत गर्ने गरेको सञ्चिलाले माइतीमा गएर जानकारी गराइन् । माइतीले परिवारका सदस्यलाई सम्झाउँदा समेत बेवास्ता गरेकाले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा शुक्रबार उजुरी दिएको उनले बताइन् । दिउँसो ‘काम नगरी घरमा किन बसेको’ भन्दै सासू–ससुरा मुस्तुकले खान समेत नदिई काम गर्न बाहिर पठाउने र श्रीमानले ‘तलाक दिएर सम्बन्ध–विच्छेद नगरुञ्जेल कुट्न छाड्दिनँ’ भन्दै लगातार कुट्ने गरेकाले घटनाबारे प्रहरीसमक्ष उजुरी दिएको सञ्जिलाले सुनाइन् ।

हालसम्म उनीहरुको सन्तान समेत भएको छैन । विवाह दर्ता गरेर नागरिकता बनाइदिन समेत सञ्जिलाका श्रीमानले अस्वीकार गर्दै आएका छन् । यसैकारण ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको उनका बुबा सराजले बताए । कुटपिटको घटना भनी निवेदन परेकाले यसबारे दुवै पक्षसँग बुझ्ने कार्य भइरहेकाले दोषी पाइएमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर