newskoseli.Com

महानगरपालिका कार्यालयमा बम विष्फोट…

आइतबार अपराह्न २ बजे विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा अज्ञात व्यक्तिले बम विष्फोटन गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । सुरक्षाका लागि विष्फोटन स्थलमा जान रोक लगाई प्रहरीले घेराबन्दी गरेको छ ।

वम विष्फोट कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिएका छन् । अनुसन्धानपछि मात्रै घटनाबारे विस्तृत विवरण दिइने प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर