newskoseli.Com

अदालतमा हाजिर भए ‘फरार’ राज्यमन्त्री !

 

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सोमबार बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।

२०७२ भदौ २५ मा महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीद्वारा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा शर्मा समेत अभियुक्त थिए । उनी सो मुद्दाका ‘फरार अभियुक्त’ रहेको समाचार विभिन्न सञ्चार माध्यममा लगातार आइरहेपछि आफैं निवेदन दिएर अदालतमा हाजिर भएको अदालतमै सञ्चारकर्मीहरुसँग उनले बताए ।

जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उनी हाजिर भएका हुन् । उनी सशस्त्र प्रहरी निरीक्षक हत्यामा संलग्न रहेकोबारे अदालतले ७० दिने म्यादीपुर्जी (समन) समेत नपठाएको र राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नभएको तर सञ्चार माध्यममा उनको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि उनी आफैं निवेदन दिएर हाजिर भएको उनका वकिल रमेशकुमार पाण्डेले बताए ।

राज्यमन्त्री शर्माको म्यादी पुर्जी हराएकाले पठाउन नसकिएको जिल्ला प्रहरीले अदालतलाई जानकारी दिएको वकिल पाण्डेले बताए । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैं हाजिर भएका राज्यमन्त्री शर्माका सम्बन्धमा सोमबारै थुनछेकको बहस चल्नेछ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर