newskoseli.Com

विप्लवका २ कार्यकर्ता ‘प्याक गरिएको’ प्रेसर कुकरसहित राजधानीबाट गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य उषाकिरण आजाद र काठमाडौं जिल्ला सचिव तारा सञ्जेल (रावल) लाई मंगलबार बिहानै प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।

प्रहरीले सुरक्षा जाँचका क्रममा आजाद र सन्जेल (रावल) लाई पक्राउ गरेको हो । राजधानीको जमलस्थित आकाशे पुलमुनि कार्टुनमा प्याक गरिएको प्रेसर कुकुरसहित आजाद र रावललाई पक्राउ गरिएको दावी प्रहरीले गरेको छ । से ५ प ६७०१ नम्बरको स्कुटीमा सवार दुवै जनालाई चेकजाँच गर्दा प्रेसर कुकुर भेटिएकाले पक्राउ गरेको प्रहरीले दावी गरेको छ ।

विप्लव नेतृत्वको पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई निष्प्रभावी तुल्याउन देशैभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर