newskoseli.Com

टिष्टुङमा स्कुल बस ध्वस्त, नवलपुरमा शंकास्पद वस्तु…

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा मंगलबार बिहानै मकवानपुरको टिष्टुङमा एक स्कुल बसमा आगजनीबाट ध्वस्त भएको छ ।

बिहानै ६ बजे बसमा आगजनी भएको मकवानपुर प्रहरीले जनाएको छ । विद्यार्थी बाकेको नभई भन्सार छुटाएर काठमाडौंतर्फ लैजादै गरेको सो स्कुल बसमा आगलागीबाट पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी हेटौंडा– ११, नवलपुरमा शंकास्पद वस्तु फेला परेको खबर छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखिएको हुन सक्ने प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर