newskoseli.Com

नुवाकोटमा बस दुर्घटना : १ को मृत्यु, ५८ घाइते

 

विदुर नगरपालिका– ९, लामाटारमा बुधबार बिहान भएको बस दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

म्यागङ गाउँपालिका– २, बुङ्ताङबाट काठमाडौंका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर– ७, तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएका छन् । हेलिकप्टरमा काठमाडौं लगिएकी तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५८ जना घाइते भएकामा ८ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिंह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मङ्गलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

उनीहरुको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

मिनीट्रकलाई साइड (बाटो) दिने क्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस सडकबाट ४० मिटर तल कोदो बारीमा पुगेको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर