newskoseli.Com

प्रचण्डको उपस्थितिमा रामेछापमा मनाइयो १५औं ‘दोरम्बा स्मृति दिवस’

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बालाई युद्ध पर्यटनस्थलका रुपमा विकास गरिने बताएका छन् ।

दोरम्बा हत्याकाण्डको १५औं स्मृति दिवसका अवसरमा नेकपा रामेछापद्वारा बिहीबार दोरम्बामा आयोजिन स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटनस्थलका रुपमा विकास गरिने बताएका हुन् ।

दसवर्षे जनयुद्धका क्रममा दोरम्बाले ठूलो वलिदान गरेको चर्चा गर्दै तमाम सहिदहरुले देखेका सपना पूरा गर्न नवगठित पार्टी नेकपा प्रतिबद्ध रहेको अध्यक्ष प्रचण्डले बताए । उनले भने– ‘सिधै दरबारको योजना र निर्देशनमा दोरम्बा हत्याकाण्ड घटाइएको हो, हाम्रो पार्टीसँग त्यसको हिसाबकिताब छँदैछ ।’

सिंगै जनयुद्धको सिलसिलामा तत्कालीन राज्य पक्षको फौजी शक्तिसँग पहिलो सफल फौजी कारबाही सम्पन्न भएको ऐतिहासिक बेथानबाट दोरम्बा हुँदै सैलुङसम्म गुरिल्ला पर्यटन रुटको विकास गरेर लैजान आफूले विशेष पहल गर्ने बताउँदै यसमा पार्टी र सरकारले भूमिका खेल्ने उनले बताए । सरकार समृद्धिको लक्ष्य हासिल गर्न लागिपरेको उल्लेख गर्दै इतिहासका महत्त्वपूर्ण कृति र निधिहरुको संरक्षणसँगसँगै समृद्धिको यात्रा अगाडि बढाइने उनले बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले दोरम्बा हत्याकाण्डमा शहादत प्राप्त योद्धाहरुका परिवारका सदस्यलाई सम्मान गरे । दोरम्बा हत्याकाण्डमा तत्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित २१ जनाले शहात प्राप्त गरेका थिए ।

राजधानीबाट हेलिकप्टर चढेर दोरम्बा पुगेका प्रचण्डले ०६० साउन ३२ मा २१ जनयोद्धाहरुको सामूहिक हत्या गरिएको स्थल डाँडाकटेरीस्थित सहिद स्मारकमा माल्यापर्ण गरे लगत्तै दोरम्बाको मानेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका हुन् । कार्यक्रममा जिल्लास्थित पार्टीका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रह्यो भनेराजधानीमा रहेका दर्जनौं रामेछापेली नेता–कार्यकर्ता समेत पुगे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर