newskoseli.Com

यस्तो छ सवारी दुर्घटनाको तथ्यांक : मर्नेमध्ये दुर्इपांग्रेका चालक धेरै !

 

काठमाडौं उपत्यकामा हुने गरेका सवारी दुर्घटनामध्ये धेरैजसो मोटरसाइकल र स्कुटर चालकको ज्यान जाने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १ सय ११ जनाको ज्यान गएको छ । सो अवधिमा १ सय ४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो ।

‘मोटरसाइकल तीव्र गतिमा चलाउँदा कन्ट्रोल गर्न नसकी पल्टिने गरेको छ’– महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले भने । दुर्घटनामा परेर पैदलयात्रु ६३, ट्रकका ४, साइकलका ३, बसका ८, टेम्पोका १ र कारका ४ जनाको ज्यान गएको थियो ।

आ.व. ०७३/७४ मा उपत्यकामा भएका सवारी दुर्घटनामा १ सय ८२ जनाको मृत्यु भएको थियो । तीमध्ये पैदलयात्रु ७९, मोटरसाइकल तथा स्कुटरका ७७, ट्रकका ४, बसका ७, टेम्पोका १ र कारका ९ जनाको दुर्घटनामा मृत्यु भएको थियो ।

आ.व. ०७३/७४ मा पैदलयात्रुको धेरै मृत्यु भएपछि महाशाखाले पैदलयात्रुलाई लक्षित गरी सडकमै विशेष कक्षा सञ्चालन गरेपछि पैदलयात्रु मर्नेको सङ्ख्यामा कमी आएको छ । आ.व. ०७४/७५ उपत्यकामा मात्र मा ११ हजार ५ सय ७ दुर्घटना भएकामा १ हजार ५ सय ८० ट्रक, १ हजार ३ सय २७ बस, ४ सय १० माइक्रो, ३ हजार ८ सय ९० कार, भ्यान, जिप, ४ हजार ४६ मोटरसाइकल–स्कुटर र १ सय ३ टेम्पो दुर्घटनामा परेका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर