newskoseli.Com

पद्मरत्न तुलाधरलार्इ भदौ १७ मा ‘भीमरथारोहण’ गराइने : के–के छन् कार्यक्रम ?

 

मानवअधिकार, जाति–भाषा समानता र नागरिक आन्दोलनका अगुवा तथा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सत्तापक्षबीच शान्ति प्रक्रियाका सूत्राधार मानिने पद्मरत्न तुलाधरलाई भदौ १७ मा ‘भीमरथारोहण’ (ज्याःजंक्व) गराइने भएको छ ।

पूर्वमन्त्री समेत रहेका तुलाधरको ‘भीमरथारोहण’ बारे भइरहेको तयारीबारे जानकारी दिन राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले समितिको आग्रहमा भदौ १ देखि नै गोष्ठीलगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताए । उनका अनुसार भदौ ३० गते शनिबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दनको मूल कार्यक्रम आयोजना गरिनेछ ।

यस अतिरिक्त नेपालको मानवअधिकार आन्दोलन, पत्रकारिता र शान्ति प्रक्रियामा तुलाधरको भूमिका र योगदानबारे गोष्ठी तथा परिचर्चा कार्यक्रमहरुको पनि आयोजना गरिनेछ । नेपाल संवत् आन्दोलन, आदिवासी जनजाति आन्दोलन र नेवाः आन्दोलनमा तुलाधरका योगदानबारे विचार गोष्ठी आयोजना गरिनेछ । त्यसैगरी उनको साहित्यिक व्यक्तित्वबारे पनि छलफल कार्यक्रम गरिनेछ । सोही अवसरमा नगर सरसफाइ र रक्तदान कार्यक्रम पनि आयोजना गरिने मूल समारोह समितिले जनाएको छ ।

नेवार समुदायमा कुनै व्यक्ति ७७ वर्ष ७ महिना ७ दिन पुगेको अवसरमा गरिने एउटा अत्यन्तै महत्त्वपूर्ण धार्मिक–सांस्कृतिक संस्कार हो ज्याःजंक्व । सोही अवसरमा धार्मिक विधिअनुसार तुलाधरको ज्याःजंक्व गरिने कार्यक्रम छ ।

‘भीमरथारोहण’ मनाउने सिलसिलामा आयोजना गरिने सबै कार्यक्रमहरूको संयोजन गर्न उद्योगी–व्यवसायी एवं समाजसेवी लक्ष्मीदास मानन्धरको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समिति’ गठन गरिएको छ । उक्त समितिको मूल अंगका रुपमा एउटा संरक्षक समिति पनि गठन गरिएको छ । संरक्षक समितिमा जनकवि दुर्गालाल श्रेष्ठ, भृगुराम श्रेष्ठ, मल्ल के. सुन्दर, नरेशवीर शाक्य र गणेश साय्मि सदस्य छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर