newskoseli.Com

रहेनन् राष्ट्रसङ्घका पूर्वमहासचिव अन्नान : विश्वभरबाट शोक व्यक्त गर्दै कसले के भने ?

संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान ८० वर्षको उमेरमा निधन भएको छ ।

घानामा जन्मेका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म दुई कार्यकाल राष्ट्रसङ्घको प्रमुखका रूपमा सफलतापूर्वक पूरा गरेका थिए । स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

अन्नानको निधनबारे पुष्टि गर्दै उनको परिवारले भनेको छ– ‘अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ । उहाँले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गर्नुभएको थियो ।’

अन्नान नै संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने पहिलो अश्वेत अफ्रिकी नागरिक थिए । उनलाई सन् २००१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

पछिल्ला दिनहरूमा उनी श्रीमती नेन र तीन सन्तान तथा अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आएका थिए । पूर्वमहासचिव अन्नानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएका शोक सन्देशहरू विश्वभरबाट प्राप्त भइरहेका उनको संस्थाले जनाएको छ ।

विश्वभरबाट शोक व्यक्त : कसले के भने ?

संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिबार नै विज्ञप्ति जारी गरी पूर्वमहासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नानले असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गरेका छन् । ‘धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसङ्घ हुनुहुन्थ्यो, उहाँले राष्ट्रसङ्घलाई नयाँ सहस्राव्दीमा अतुलनीय उचाइमा पुर्‍याउनुभएको थियो,’ उनले भेका छन्– ‘अन्य साथीहरूलाई जस्तै मलाई पनि कोफी अन्नानलाई एक असल साथी भन्न पाउँदा गर्वको महशुस हुन्छ ।’

घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उनको सम्मानमा घाना तथा यसका कूटनीतिक नियोगहरूमा हक हप्ता झन्डा आधा झुकाएर शोक मनाइने बताएका छन् । अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेको समयमा राष्ट्रसङ्घको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि सक्षम नेतृत्व प्रदान गरेको समेत राष्ट्रपति नानाले स्मरण गरेका छन् ।

अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलता साथ सम्पन्न गरेको थिए । फाउण्डेसनका उपप्रमुख, नर्वेका पूर्वप्रधानमन्त्री तथा विश्व स्वास्थ्य सङ्गठनका पूर्वप्रमुख ग्रो हार्लेम ब्रन्टल्याण्डले पनि अन्नानको मृत्युपछि विज्ञप्ति जारी गरी कोफीले विश्वका लाखौंलाख मानिसको जीवन सुधारका लागि काम गरेको बताएका छन् । ‘आज उहाँको निधनप्रति शोक व्यक्त गर्दै गर्दा हामीले यो सङ्कल्प गर्छौं कि आगामी दिनमा उहाँले देखाएको बाटो र मूल्य–मान्यताप्रति इमानदार रूपले काम गर्नेर्छौं । हाम्रा लागि यही नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ’– उनले भनेका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रमुख तथा अर्का नर्वेली पूर्वप्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएर आफूहरुबाट बिदा लिएको बताएका छन् । ‘शनिबार राष्ट्रसङ्घ र विश्वले आफ्नो महान् व्यक्तिलाई गुमाएको छ,’– स्टोलटेनगर्गले भनेका छन् ।

राष्ट्रसङ्घका मानवअधिकार मामिला हेर्ने उच्च नियोगका जेयद राद अल हुसेनले पनि अन्नानको निधनबाट आफू स्तब्ध भएको बताएका छन् । उनले थने– ‘कोफी मानवीयता, इमानदारिता र दयाका उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो । उहाँको निधनबाट विश्वलाई अपूरणीय क्षति पुगेको छ । उहाँ हजारौंका साथी र लाखौंका नेता हुनुहुन्थ्यो ।’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि अन्नानको निधनप्रति दुःख व्यक्त गर्दै शनिबार राष्ट्रसंघ प्रमुख गुटेर्रेसलाई शोक सन्देश पठाएका छन् । पुटिनले सन्देशमा लेख्ेका छन्– ‘म यस घडीमा अन्नानकोे विवेक र साहस तथा एकदम जटिल अवस्थामा पनि सहज निर्णय दिन सक्ने क्षमताको प्रशंसा गर्न चाहन्छु । उहाँलाई रूसी नागरिकहरूले सधैं स्मरण गरिरहनेछन् ।’

बेलायती प्रधानमन्त्री टरिजा मेले अन्नान एक विशिष्ठ विश्वनेता तथा राष्ट्रसङ्घका सुधारक रहेको भन्दै अन्नानको स्मरण गरेका छन् । पूर्वप्रधानमन्त्री टोनी ब्लेयले अन्नान आफ्नो एउटा ‘असल साथी’ भएको बताएका छन् । ‘हामी उहाँको शान्त र प्रतिवद्ध सोचलाई कहिल्यै बिर्सिने छैनौं न त उहाँको सङ्घर्षशील भावनालाई नै हामीले बिर्सन सक्ने छौं’– उनले लेखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत अन्नानको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘नोबेल पुरस्कार विजेता व्यक्तित्व तथा राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधनबाट हामी अत्यन्त मर्माहित भएका छौं,’ उनले लेख्ेका छन्– ‘विश्वले एक उत्कृष्ठ अफ्रिकी कूटनीतिज्ञ र मानव कल्याणका लागि काम गर्ने विश्वनेता मात्र होइन, अन्तराष्ट्रिय शान्ति र सुरक्षाका लागि विवेकको नेतृत्वलाई पनि गुमाएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर