newskoseli.Com

गाडिएको अवस्थामा फेला पर्‍यो कारीदेवीको शव

 

दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका– १० की एकल महिला कारीदेवी यादवको शव माटोमुनि गाडिएको अवस्थामा शनिबार फेला परेको छ ।

सिरहाको नरहा गाउँपालिका– १ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । शव कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले गाडिएको शव निकालेको हो । प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवीकै भएको निजका आफन्तजनले बताएका छन् । शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।

साउन २५ मा अपरिचित दुई जनाले आफ्नै घरबाट ‘तपार्इंको भतिजा बिरामी भएकाले हामीसँग हिँड्नोस्’ भन्दै कारीदेवीलाई अपहरण गरी लगेको स्थानीय बासिन्दाले बताएका छन् । घरजग्गा अंशको विषयमा जेठाजुसँग कारीदेवीको विवाद चल्दै आएको र सोही विवादका कारण उन्को अपहरण भएको हुन सक्ने भन्दै स्थानीय व्ँसिन्दाले तीन दिनअघि यादवकँ दुई जना आफन्तलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए ।

यसैबीच, अपहृत यादवको खोजतलासमा प्रहरीले चासो नदिँदा अपहरणकारीले हत्या गरी गाडेको भन्दै आक्रोशित स्थानीय वासिन्दाले शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडक खण्ड एक घन्टा अवरुद्ध पारे । अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधनहरु बाटोमै अलपत्र परेका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर