newskoseli.Com

बैङ्कले दियो बढी रकम… तर, फिर्ता गरे वैद्यले !

बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले दिएको बढी रकम सातदोबाटो, ललितपुरका डा. जगदीश वैद्यले फिर्ता गरिदिएका छन् ।

बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले ५० हजार रुपैयाँ बढी दिएपछि वैद्यले फिर्ता गरेका हुन् । आफूले इमानदारिताका साथ बैङ्कले दिएको बढी रकम त्यहीं फिर्ता गरिदिएको उनले बताए ।

ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ दमरुप्रसाद निरौला, वडा नं. ४ का वडाध्यक्ष नारायण केसी र बैङ्कका कर्मचारी कृष्णबहादुर मिश्रको उपस्थितिमा उनले उक्त बढी रकम बैङ्कलाई हस्तान्तरण गरेका हुन् ।

वैद्यले चेकमार्फत बैङ्कबाट ५ लाख रुपैयाँ झिक्दा बैङ्कका कर्मचारीले ५ लाख ५० हजार रुपैयाँ दिएका थिए । वैद्य २०३५ सालदेखि निरन्तर समाजसेवामा संलग्न रहँदै आएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर