प्रदेश नं. १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चार जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका– १, कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका– ३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका– ८, भुर्कीका दिलीप सरदारकी श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका– १३, सूर्यमार्गका २२ वर्षीय अभय राई रहेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनीहरु बिहीबार (भदौ १४ मा) आ–आफ्नै घरमा झुन्डिई मृत अवस्थामा फेला परेका थिए । यस सम्बन्धमा अनुसन्धान गरी स्वास्थ्य परीक्षणपछि शवलाई सम्बन्धित परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । रासस