newskoseli.Com

कर्मचारीमाथि छुरी प्रहार : दोषीनजिक पुग्दै प्रहरी

जिल्ला समन्वय समिति रामेछापका कार्र्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार गरी गम्भीर घाइते तुल्याउने दोषीनजिक आफूहरु पुगिसकेको प्रहरीले जनाएको छ ।

प्रहरी एक हप्ता लामो अनुसन्धान र विभिन्न व्यक्तिहरुसँगको बयानका आधारमा घटनाको दोषीनजिक पुगेको हो । परिवार, पीडित, अस्पताल र बाह्य सूचना तथा लामो अनुसन्धानपछि प्रहरी घटनाको अनुसन्धानलाई परिणाममुखी बनाउने सफलतातर्फ उन्मूख देखिएको हो ।

आफनै अगाडि र सम्साँझै अकल्पनीय ढंगले भएको घटनाका दोषी सार्वजनिक गर्न र कानुनी कारबाहीको दायरामा ल्याउनका लागि प्रहरी सक्रिय हुँदै आएको थियो । घटनासँगै सामाजिक दबाव समेत बढेपछि प्रहरी उक्त घटनाको दोषी पत्ता लगाउनका लागि आवश्यक गृहकार्यसहित अघि बढेको हो । घरमा सुतिरहेका सुवेदीमाथि १२ दिनअघि भएको छुरा प्रहार र त्यसपछि अपराधी पत्ता लगाउने क्रममा देखिएको ढिलासुस्तीलाई लिएर जनआक्रोश बढेसँगै प्रहरीले क्रियाशीलता बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार पीडीत सुवेदीले प्रयोग गरेको टेलिफोनको कल डिटेलको रेकर्ड आउन भएको ढिलाई र कम बोल्न चिकित्सकले पीडितलाई दिएको सल्लाहका कारण आवश्यक सूचना लिन समस्या परेकाले अनुसन्धानको परिणाम आउन ढिलाई भएको हो ।

प्रहरीले यो अवधिमा शंकास्पद करिव एक दर्जन व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ भने सामाजिक सञ्जालमा आएका टिकाटीप्णीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएर आवश्यक प्रक्रिया अगिाडि बढाइरहेको छ । अहिलेसम्म प्रहरीले गरेको प्रयास उपलव्धिमूलक भएको र चाँडै नै दोषी पत्ता लगाएर छाड्ने दावी प्रहरी निरीक्षक थापाले गरेका छन् ।

अघि–पछिको स्वभाव र व्यवहार हेर्दा कुनै पनि बदमासी र विवादित कार्यमा संलग्न हुनै नचाहने सुवेदीमाथि सम्साँझै भएको छुरा प्रहारको घटना र दोषी सार्वजनिक गर्न प्रहरीले गरेको ढिलाइका कारण सर्वसाधारणमा आक्रोश बढेको छ ।

सो घटनामा प्रयोग गरिएको चक्कु र एक जोर जुत्ता समेत प्रहरीले बरामद गरेकोे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर