नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको’ प्रदेश नं. ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन् ।
प्रदेश नं. ७ तथा कर्णाली प्रदेशमा मनाइने गौरा पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले पहिचान र सामर्थ्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको महत्त्व झनै बढेको बताएका छन् ।
त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाको समुचित विकास गर्न र सम्पूर्ण देशवासीमा आपसी सद्भाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा यस पर्वको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।