पाँच वर्षीया बालिका बलात्कार आरोपमा जिल्ला अदालतले एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।
जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३, मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै ५० हजार रुपैयााँ जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए ।
सोमबार जिल्ला अदालतले बालिका बलात्कारकै अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई ७ वर्ष जेल सजायका साथै ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।