newskoseli.Com

५ नेपाली युवा साउदीमा अलपत्र : घर फिर्तीको पहल गरिदिन अनुरोध

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुई सहित पाँच युवा अलपत्र परेका छन् ।

दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका– ३, भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका– ५, मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् ।

अजीव अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुर्व्यवहार गरिएको अलपत्र परेका भकिम्लीका छन्त्यालले टेलिफोनमा बताए । कान्तिपुर म्यानपावर कम्पनीमार्फत दुई वर्षका लागि त्यहाँ पुगेका उनलाई कम्पनीले तीन वर्ष पूरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिँदै आएकामा अहिले आफूहरूलाई कुटपिट गरी साथमा रहेको मोबाइल र पर्स समेत खोसेर कम्पनीबाट निकाला गरेपछि समस्यामा परेको उनको गुनासो छ ।

अर्का पीडित मल्कबाङका घर्तीले भने– ‘हामी यहाँ अलपत्र परेका छौं, कम्पनीले निकालेपछि एक दिन सडकमै बितायौं, अहिले कहाँ बस्ने र के खाने, त्यो पनि ठेगान छैन ।’ आफूहरूको पासपोर्ट, लाइसेन्सलगायतका सबै कागजपत्र कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक यातना दिने गरेपछि दूतावास र श्रम अदालत धाउँदा समेत आफूहरू घर फर्कने वातावरण नबेपछि थप समस्या भएकाले आफूहरू नेपाल फर्कन चाहेको बताउँदै उनीहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गरेको सरकार समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर