newskoseli.Com

रोडा–बालुवा ‘चोर्ने’ ९ एक्स्काभेटर प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय, मेलम्चीले साउनयता विभिन्न स्थानबाट अनाधिकृत रुपमा रोडा–बालुवालगायतका नदीजन्यपदार्थ उत्खनन गर्ने ९ एक्स्काभेटरलाई नियन्त्रणमा लिएको छ ।

नदीजन्य पदार्थ बोक्ने कार्यमा संलग्न १६ ट्रक, ७ मिनीट्रक र ६ ट्रयाक्टर गरी ३८ सवारी साधन बरामद गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बरामद गरिएका सवारी साधनलाई थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको कार्यालयका प्रमुख परशुराम मल्लले जानकारी दिएका छन् ।

मानिस लगाई इन्द्रावती नदीबाट बालुवा निकाल्न लगाउने १ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गराई आवश्यक कारबाही समेत भइरहेको प्रहरीले जनाएको छ । भदौ ५ मा इन्द्रावती नदीमा फेला परेको मेलम्ची नगरपालिका– १२ स्थित पाल्चोकी क्रसरको ‘अनटेस्ट’ एक्स्काभेटर र हेलम्बु गाउँपालिका– २ स्थित मेलम्चीमा फेला परेको वा ४ ख ५४२ नम्बरको मिनीट्रक पनि कारबाही प्रक्रियामा रहेको मेलम्ची प्रहरीले जनाएको छ ।

सरकारले वर्षा याममा नदीजन्य पदार्थ उत्खनन् गर्न प्रतिबन्ध लगाए पनि विभिन्न स्थानमा चोरी–छिपी एक्स्काभेटर प्रयोग गरेर बालुवा–रोडा निकाल्ने गिरोह सक्रिय हुँदै आएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर