newskoseli.Com

९०० लिटर घरेलु मदिरा बरामद गर्‍यो प्रहरीले

महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा प्रहरीले अवैध मदिरा खोजतलास अभियान अन्तर्गत ६०० लिटर अवैध मदिरा नियन्त्रणमा लिएको छ ।

यसै साताको प्रारम्भसँगै सञ्चालन गरिएको अभियानमा ६०० लिटर तयार घरेलु मदिरा र ३०० लिटर मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिका क्षेत्रका वडा नं. १, २ र १४ मा पर्ने बजार क्षेत्रका होटल तथा वडा नं. ४ को मार्इस्थान वस्तीमा गरिएको ‘सर्च अभियान’ मा बरामद गरिएको घरेलु मदिरा र कच्चा पदार्थ शनिबार नष्ट गरिने इलाका प्रहरी कार्यालयका प्रमुख नकुल पोखरेलले जानकारी दिएका छन् ।

जिल्लाको बर्दिवास नगरक्षेत्र अवैध मदिराको उत्पादन, बिक्री–वितरण र खुला प्रयोेग एवं लागूऔषध ओसार–पसार र दुर्व्यसनको मुख्य अखडा मानिँदै आएको प्रहरीले जनाएको छ । यसबीच अवैध मदिरा उत्पादन गर्ने ठूलठूला भट्टी फेला पारेर भत्काइए पनि लागूऔषध दुर्व्यसनीले अखडा फेर्दै गएको प्रनाउ पोखरेलले बताए ।

लागूपदार्थको ओसार–पसार र दुर्व्यसनको मुख्य अखडा मानिने बर्दिवास नगर क्षेत्रभित्रबाट प्रहरीले गत आर्थिक वर्ष २०७४–०७५ भित्र नाइट्रोभेट १ हजार २ सय ७८, स्पास्मो २ सय १२, कोरेक्स ५ बोतल, गाँजा २३ किलो र नाइट्रोजन ट्याब्लेट १५ वटा बरामद गरेको थियो ।

लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि प्रत्येक घरपरिवार भित्रबाटै सामूहिक अभियान नै सञ्चालन गर्नुपर्ने र आफ्ना बाबु–नानीहरुको सङ्गत, घुमफिर र उनीहरुको खानपिनमा निगरानी राख्न इलाका प्रहरी कार्यालयले सबै अभिभावकलाई आह्वान गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर