newskoseli.Com

हेलिकप्टर दुर्घटनामा ६ को मृत्यु, १ को उद्धार : शव आइतबार काठमाडौं ल्याइने

गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परी ६ को हुनुका साथै १ घाइतेको उद्धार गरिएको छ । मृत्यु भएकाको शव आइतबार बिहान काठमाडौं ल्याइने भएको छ ।

उद्धारमा गएको हेलिकप्टर घटनास्थल जजिकै अवतरण भएको छ र घटनास्थलबाट शव सङ्कलन गरी त्यस स्थानसम्म ल्याइसकिएको छ । मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टरमार्फत शव काठमाडौं ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

गोरखाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर शनिबार बिहान नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना हुँदा त्यसमा सवार ७ मध्ये ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेलिकप्टरका पाइलट निश्चल केसी, राहदानी नम्बर टीके ७१३६१२०६८ का जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका– १ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् ।

दुर्घटनामा १ मात्र यात्रु आनी डोल्मा बाँच्न सफल भएकी थिइन् । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर