newskoseli.Com

को–को हुन् नयाँ शक्तिको प्रचार र सञ्चार मोर्चा हाँक्नेहरु ?

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सही र तथ्यपरक सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेका छन् ।

सो पार्टीको प्रदेश नं. ३ को प्रचार विभाग र नेपाल प्रेस सोसाइटी ३ नं. प्रदेशको नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शनिबार बधाई दिँदै डा. भट्टराईले देश र समाजका सबै क्षेत्रको निगरानी पत्रकारले गर्ने भएकाले सचेततापूर्वक जनतालाई सुसूचित गर्नुपर्ने बताएका हुन् ।

मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेन्डा अघि बढाउने काम अहिलेको सत्तारूढ दल नेपाल कम्युनिूट पार्टी (नेकपा) तथा प्रतिपक्षी दल नेपाली कांग्रेसबाट हुन नसक्ने दाबी गर्दै संयोजक डा. भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता झन् बढेर गएको जिकिर गरे । देशको वैकल्पिक राजनीतिक ध्रुवको नेतृत्व नयाँ शक्तिले गर्ने उल्लेख गर्दै विकास र समृद्धिका लागि नयाँ शक्तिले अँगालेको ‘पाँच स’ को अवधारणा उपयुक्त भएको उनले जिकिर गरे ।

नवगठित १५ सदस्यीय प्रचार विभागको अध्यक्षमा केशव अर्याल चयन भएका छन् भने डिल्लीराज पौडेल (रसुवा), कृष्ण महर्जन (ललितपुर), ध्रुव ढकाल (मकवानपुर), शारदा घिमिरे (चितवन), कमला नेपाल (नुवाकोट), बलराम श्रेष्ठ (काभ्रे), दिलीप शाही (काठमाडौं), पवनप्रसाद उपाध्याय (काठमाडौं), यज्ञ कार्की (भक्तपुर) र माधव गजुरेल (नुवाकोट) सदस्य रहेका छन् । विभागमा ४ सदस्य पछि थप गर्ने बताइएको छ ।

त्यस्तै, नेपाल प्रेस सोसाइटी ३ नं. प्रदेशको १५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । समितिको अध्यक्षमा योगेन्द्रप्रताप शाही चयन भएका छन् । उपाध्यक्षमा गणेश आचार्य, सचिवमा शिव बस्नेत, सहसचिवमा केदार भट्टराई, कोषाध्यक्षमा सिर्जना ग्लान, सदस्यमा विपीन पौडेल, सन्तोष गौतम, यज्ञ कार्की, सञ्जय महर्जन, शैलेश, अनुजा न्यौपाने, रामकृष्ण तामाङलगायत रहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर