इलामको सदरमुकाममा तीन वटा बम फेला परेका छन् ।
इलाम नगरपालिका– ७, नारायणस्थान नजिकै रहेको तत्कालीन नेकपा (माओवादी केन्द्र) इलामको पार्टी कार्यालय छेउमा बम फेला परेका हुन् ।
पार्टी कार्यालयमा पुराना दुईवटा सकेट बम र एउटा सुतली बम भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय इलामले दिएको छ । बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र निष्क्रिय गर्ने काम भइरहेको बताइएको छ ।
गस्ती गर्ने क्रममा शङ्कास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भएको पुष्टि भएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।