newskoseli.Com

नयाँ प्रधानसेनापति थापालाई राष्ट्रपतिबाट दर्ज्यानी र सपथ (६ तस्बिरमा हेर्नुहोस्)

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरी प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रधानसेनापति थापालाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ पनि गराइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित थिए ।

समारोहमा मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य ‘विशिष्ट’ हरु पनि उपस्थित थिए । सरकारले साउन २४ देखि रथी थापालाई कायममुकाय प्रधानसेनापति तोकेको थियो ।

थापाले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबारै नेपालको ४३औं प्रधानसेनापतिका रूपमा पदबहाली गरे । वि.सं. २०१७ भदौ २५ मा लमजुङको गाउँसहरमा जन्मिएका रथी थापा वि.सं. २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ । सबै तस्बिर : प्रदीपराज वन्त

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर