newskoseli.Com

नयाँ कानुनको ‘करामत’ : ६ पुरुषले दर्ता गराए सम्बन्ध-विच्छेदको मुद्दा !

नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा ६ जना पुरुषले सम्बन्ध-विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।

नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्ध-विच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । ६ वटा मुद्दा दर्ता भएकामा एउटाको फैसला भएको अदालतका सूचना अधिकारी मणिराम पोखरेलले बताए ।

भदौ महिनामा सम्बन्ध-विच्छेदका १० वटा दर्ता भएकामा ६ वटा पुरुषले दर्ता गराएको उनको भनाइ छ । सम्बन्ध-विच्छेद गर्न चाहने पुरुषमा अधिकांश वैदेशिक रोजगारीमा गएर फर्केका रहेका छन् ।

विदेशबाट फर्केकाले आफ्नो कमाइको रकम सबै श्रीमतीले अनावश्यक ढङ्गले खर्च गरेर सकेको, परपुरुषसँग लागेको जस्ता आरोप देखाउँदै मुद्दा दर्ता गराएको पोखरेलको भनाइ रहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर