प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबारदेखि न्यायाधीशकै हैसियतमा सर्वोच्च अदालतमा काममा फर्केका छन् ।
संसदीय सुनुवाइ समितिले साउन १८ मा प्रस्तावित प्रधानन्यायाधीशका लागि जोशीको सुनुवाइ गरेको थियो । सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि जोशी निरन्तर बिदामा बसेका थिए । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्न सोमबार साँझ न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए ।
न्यायाधीश जोशी मंगलबारदेखि सर्वोच्च अदालतमा काममा फर्केको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिएका छन् । जोशी काममा फर्के पनि उनको नाममा मुद्दाको पेशी भने नतोकिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।