newskoseli.Com

निर्मला हत्याकाण्डमा नयाँ मोड : हिरासतमा लिइएका दिलिप, रोशनी र बबिता छुटे

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका– २ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउने क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका तीनै जना मंगलबार रिहा भएका छन् ।

प्रहरी हिरासतमा लिइएका दिलिप विष्ट र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताएका छन् । बबिता बमलाई भने ३० हजार रुपैयाँ धरौटीमा छाडिएको छ ।

‘बम दिदीबहिनीलाई उनका बुबाको जिम्मामा र दिलिपलाई उनका दाजुको जिम्मामा छाडेका छौं’- उनले भने । विष्टलाई दोषी ठहर गर्दै सार्वजनिक गरेपछि कञ्चनपुरमा मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई दोषी देखाइएको भन्दै आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १४ वर्षीय सनी खुनाको ज्यान समेत गएको थियो ।

विष्टको डीएनए समेत म्याच नभएपछि र अरु खासै प्रमाण नभेटिएकाले साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । हत्याको अनुसन्धान जारी रहेको उनले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर