newskoseli.Com

५ हजार घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ ।

५ हजार रुपैयाँ घुस रकमसहित टोलीले बुधबार उनलाई रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबाट नेपालतर्फ समान ल्याउने क्रममा सहयोग गरिदिने भन्दै एक सेवाग्राहीबाट उक्त रकम लिँदै गर्दा पक्राउ परेको जनाएको छ ।

पक्राउ परेका यादवलाई आयोगको बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर