newskoseli.Com

विप्लवका ४ कार्यकर्तामाथि ‘फौजदारी’ मुद्दा !

सिरहाको लहान नगरपालिका– १३, पक्कीटोलबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

सरकारविरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले भदौ २३ मा पक्राउ गरेका स्थानीय गोविन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साहमाथि प्रहरीले मुद्दा चलाएको हो ।

चारै जनामाथि नयाँ फौजदारी ऐनअन्तर्गत ‘सार्वजनिक सुविधा र नैतिकताविरुद्धको कसुर’ मा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । गाउँमा जबर्जस्ती सरकारविरोधी पर्चा बाँडिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय लहानको टोलीले सोधखोज गर्दा प्रहरीमाथि नै ‘दुर्व्यवहार’ गरेपछि चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर