newskoseli.Com

चीन प्रस्थान गरे नेकपा अध्यक्ष प्रचण्ड

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिउँसो चीनतर्फ प्रस्थान गरेका छन् ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख एजेन्डा रहेको बताए । विगतमा दुई देशका सरकारबीच भएका सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउन समेत आफूले पहल गर्ने जानकारी उनले दिए ।

प्रचण्ड भारत भ्रमणबाट फर्किएलगत्तै प्रयास भएको पार्टीका जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाहरुको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने उनले बताए । अध्यक्ष प्रचण्डले भने– ‘म फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पुर्‍याइन्छ, दसैं अगावै एकताका सबै विषयलाई निष्कर्षमा पुर्‍याइन्छ, यसबारे कुनै द्विविधा रहँदैन ।’

चीन भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम छ । केही दिन पहिले भारत भ्रमणमा गएका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेट गरी नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ । तस्बिरहरु : प्रदीपराज वन्त

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर