newskoseli.Com

युरोप प्रस्थान गरे कांग्रेस नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औं बीपी जयन्तीका अवसरमा हुन लागेको ‘नेपालको सङ्घीयता कार्यान्वयन : चुनौती र नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनी शुक्रबार साँझ युरोप प्रस्थान गरेका हुन् ।

नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । नेता पौडेल असोज १० मा स्वदेश फर्कने छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर