newskoseli.Com

विप्लवका रोल्पा सेक्रेटरी सुवेदी पनि पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।

रोल्पा नगरपालिका– १०, धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको तीन महिने अभियानअन्तर्गत धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ ।

कार्यक्रममा सो पार्टीका अन्य नेता कार्यकर्ताको समेत उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता–कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेको बताइएको छ ।

प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासतमा बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर