newskoseli.Com

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ उपराष्ट्रपतिबीच भेट, के–के भए कुराकानी ?

छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधवार चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका छन् ।

छलफलका क्रममा अध्यक्ष प्रचण्डले नेपालमा आफूहरुले द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको प्रसंलाई प्रष्ट्याउँदै अब आफूहरुको अभिभारा देशको समृद्धि र विकास भएको बताए । त्यर्सको मुख्य आधारका रुपमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई मुलुकमा राजनीतिक स्थिरताको आधार तयार पारेको उनको बताए ।

अध्यक्ष प्रचण्डले भने– ‘हामीसँग थुप्रै अवसर र चुनौतीहरु छन्, चुनौतीहरुको सामना गरेर मात्र अवसरहरुलाई उपलब्धिमा बदल्न सकिन्छ भन्नेमा हामी एकमत भएका छौं ।’ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ पार्नु र नेपाल सरकार तथा चीनियाँ सरकारबीच भएका सम्झौता–समझदारीलाई कार्यान्वयन गराउनु आफ्नो भ्रमणको उद्देश्य भएको उनले बताए ।

‘तपाईंलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, तपाईं हाम्रो पुरानो कमरेड हुनुहुन्छ । तपाईंसँग भेट गर्न पाउँदा हामीलाई ज्यादै खुशी लाग्छ,’ उपराष्ट्रपति सानले अध्यक्ष प्रचण्डसँग भने– ‘तपाईं–हाम्रो पहिले पनि भेट भएको थियो ।’ अध्यक्ष प्रचण्डले गरेको सम्बोधन निकै प्रभावशाली भएको भन्दै उनले प्रचण्डको प्रसंशा समेत गरे ।

चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधबार अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए । उक्त समारोहमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत उपस्थित थिए ।

अध्यक्ष प्रचण्ड ४ दिने चीन भ्रमण पूरा गरी बुधबार राति १०ः१५ मा एयर चाइनाको विमानबाट स्वेदश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर