newskoseli.Com

अन्सारीको हत्या : हत्यारालाई कारबाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

अज्ञात समूहबाट बिहीबार सुनसरीमा भएको तत्कालीन एमालेका जिल्ला सल्लाहकार खुर्शिद अन्सारीको हत्यालाई आफूले गम्भीर रुपमा लिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रतिनिधिमण्डलसँग गृह मन्त्रालयमा भएको भेटमा घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कारबाहीको दायरमा ल्याइछाड्ने प्रतिबद्धता गृहमन्त्री थापाले व्यक्त गरेका हुन् ।

‘यो घटनालाई मैले गम्भीर रुपमा लिएको छु, अपराधी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइछाड्छौं’– उनले भने । नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउँदै उनीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने उनले प्रष्ट पारे । मृतक अन्सारीप्रति श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका आफन्त तथा स्थानीयहलाई संयमित हुन समेत उनले आग्रह गरे ।

संगठनका प्रतिनिधहरुले मुस्लिम समुदायका अगुवामाथि विगतका वर्षहरुदेखि भइरहेका आक्रमणकै श्रृंखलाका रुपमा यो घटना भएको बताउँदै दोषीलाई तत्काल पक्राउ गर्न माग गरे । मुस्लिम समुदायको सुरक्षामा सरकार गम्भीर हुनुपर्नेमा समेत उनीहरुले जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर