newskoseli.Com

श्रीमानको कुटाइबाट श्रीमती ठहरै !

सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा ताराखोला गाउँपालिका– २, बागलुङमा ७० वर्षीया उनकी श्रीमतीकोे मृत्यु भएको छ ।

शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा सख्त भएकी ७० वर्षीया तुलमाया छन्त्यालको उपचारका क्रममा मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकामा लठ्ठीले हानेका थिए ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताए । प्रहरीले स्वास्थ्यचौकीबाट शुक्रबार नै देउप्रसादलाई नियन्त्रणमा लिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर