newskoseli.Com

नेपाल टेलिभिजनले सुरु गर्‍यो संस्कृतमा पनि समाचार !

नेपाल टेलिभिजनले शनिबारदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण सुरु गरेको छ ।

हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवर्द्धन र संरक्षणका हुनुका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने जानकारी नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिए ।

टेलिभिजनले थारु, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधी भाषामा नियमित कार्यक्रम तथा नेपाली, अंग्रेजी र साङ्केतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ । संस्कृत समाचारको प्रतिक्रिया हेरेर संस्कृतका महत्त्वपूर्ण ग्रन्थहरुमाथि संवादका कार्यक्रम पनि सञ्चालन गरिने डा. विष्टले बताए ।

नेपाली भाषाको जननी संस्कृत भाषा प्राचीनकालीन नेपालमा प्रयोगमा रहे तापनि हाल स्वदेशमा ज्यादै कम मात्र प्रयोग हुन्छ । विदेशमा भने क्रमशः संस्कृतको अध्ययन हुन थालेको सन्दर्भमा संविधान दिवसको सेरोफेरो पारी संस्कृत भाषामा समाचार सुरु गरिएको डा. विष्टले बताए । वि.सं. २०५२ मा पहिलो पटक रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण सुरु गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर