newskoseli.Com

गोरु ठानेर लखेट्दा भालुको आक्रमण, मानबहादुरको गुप्ताङ्गमा गम्भीर चोट

अर्घाखाँचीको सितगङ्गा नगरपालिका– १०, सिद्धरा, काठेखोलाका मानबहादुर नेपाली शनिबार भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।

कोदो बारीमा कोदो खाँदै गरेको अवस्थामा गोरु ठानेर लखेट्न जाँदा नेपालीलाई भालुले आक्रमण गरेको थियो । उनको तिघ्रा र गुप्ताङ्गमा बढी चोट लागेको छ भने घाँटी र पिठ्युँमा समेत चोट लागेको छ ।

घाइते नेपालीलार्इ वडाध्यक्ष हिम्मत पोख्रेलको अगुवाइमा उपचारका लागि स्थानीयले बुटवल पठाएको खबर आइतबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर