newskoseli.Com

स्कुल बस दुर्घटना : २२ विद्यार्थी घाइते, चालकको अवस्था गम्भीर

स्कुल बस दुर्घटना हुँदा दाङमा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर– ६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् । गाडी चालकलाई थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले बताएको छ ।

गाडीले उछिन्न खोज्दा रा१त १९९ नम्बरको स्कुल बस सोमबार साँझ पौने ५ बजेतिर दुर्घटना भएको हो । विद्यार्थी बोकेर घरतिर जाने क्रममा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर