newskoseli.Com

नेकपा (विप्लव) का प्रवक्ता प्रकाण्ड रिहा : वार्ताको सम्भावना बढेको चर्चा !

नेकपा (विप्लव) का स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । सर्वोच्च अदाललते मंगलबार उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै प्रवक्ता प्रकाण्ड रिहा भएका हुन् ।

न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई छाड्न पुनः आदेश दिएको हो । पटक–पटक थुनामुक्त गर्न आदेश दिँदा पनि पूर्वमन्त्री समेत रहेका नेता प्रकाण्डलाई अदालत परिसरबाटै पक्राउ गरिएको भन्दै वैयक्तिक स्वतन्त्रता हनन नगर्न सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रकाण्डलाई पटक–पटक पुनः पक्राउ गरिएको भन्दै सर्वोच्चले भनेको छ– ‘आदेशको सम्मान भएको नदेखिएकाले नेपाल सरकार, गृह मन्त्रालयका सचिवलाई आवश्यक कार्यार्थ यो आदेशको प्रतिलिपि पठाउनू ।’

मंगलबार रिहा भएपछि भने उनलाई प्रहरीले पुनः पक्राउ गरेन । यसअघि सरकारद्वारा गठित वार्ता टोलीका संयोजक सोमप्रसाद पाडेसहितले वार्ताको अनुकूल वातावरण बनाउन प्रकाण्डसहितका नेताहरुलाई पुनः पक्राउ नगर्न गृहमन्त्रीलाई सुझाएका थिए । प्रकाण्डको रिहाइसँगै सरकार र नेकपा (विप्लव) बीच वार्ताको सम्भावना बढेको चर्चा हुन थालेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर