newskoseli.Com

प्रदेश– ३ का १३ जिल्लामा सामाजिक विकास कार्यालय, कहाँ–कहाँ खोलिँदै ?

प्रदेश नं. ३ सरकारको सामाजिक विकास मन्त्रालयले पारदर्शी कार्यपद्दति कायम गर्न बुधबार पत्रकार सम्मेलन गर्दै दुई महिनाको प्रगति विवरणसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

पत्रकारका प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री युवराज दुलालले प्रथम त्रैमासिक अवधिमा प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेकको मस्यौदा तयार भई सदनमा पेस गरिएको जानकारी दिए । स्वयम्सेवक परिचालन कार्यविधि निर्देशिका समेत तयार भइसकेको उनले बताए ।

अबको दोस्रो त्रैमासिक अवधिमा द्वन्द्व प्रभावितका लागि स्वरोजगारमूलक तालिम सञ्चालन गरिने, आपतकालीन बालउद्धार कोष सञ्चालन गर्ने, जिल्लास्तरीय रङ्गशाला निर्माण कार्यक्रमलगायतका धेरै कार्यक्रम गरिने उनले बताए । प्रदेश नं. ३ अन्तर्गत १३ जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी भइरहेको र त्यहाँबाट शिक्षा, स्वास्थ्य कार्यक्रम सञ्चालन रेखदेख, नियन्त्रण गर्ने कार्य हुने उनले बताए ।

मन्त्रालयको २ अर्ब ९९ करोड ९८ लाख ६ हजार रुपैयाँको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ । केन्द्र सरकार र मन्त्रालय सहितको कूल बजेट ४ अर्ब २१ करोड ८५ लाख रहेको छ । जसअन्तर्गत स्वास्थ्य, सामाजिक विकास, शिक्षा, विविध कार्यक्रम तथा प्रशासनिकजस्ता क्षेत्रमा बजेट विभाजन गरिएको छ ।

छुट्याइएको बजेट तथा निर्माण गरिएका कार्यक्रमलाई त्रैमासिक रूपमा सार्वजनिक गर्ने गरेको प्रतिवेदन प्रस्तुतकर्ता सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनाराण पौडेलले जानकारी दिए । मन्त्रालयको वार्षिक कूल कार्यक्रम तथा सङ्घीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएका कार्यक्रमको बारेमा समेत जानकारी दिइयो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रदेशस्तरीय प्रयोगशालासम्बन्धी मापदण्ड निर्धारण, आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रदेशस्तरीय नीति तयार गर्नेजस्ता कार्य सम्पन्न गरिने सचिव पौडेलले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर