newskoseli.Com

नेकपामा विवादको नयाँ अध्याय : दुवै अध्यक्ष देशबाहिर, स्थायी समिति सदस्यबीच यता माधव नेपालको ‘मन्थन’ !

एकता प्रक्रियाले आकार ग्रहण गरेदेखि नै क्रमशः भुसको आगो झैं विवाद गर्माण्ँदै गएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अब विवादले नयाँ अध्याय ग्रहण गरेको छ ।

यतिबेला नेकपाका दुवै अध्यक्ष देशबाहिर छन् । तर, ठीक यही ‘मौका’ मा वरिष्ठ नेता माधवकुमार नेपालले चाहिँ बिहीबार दिउँसो ३ बजेदेखि स्थायी कमिटीका सदस्यहरुबीच ‘मन्थन’ सुरु गरेको छन् । ‘चियापान कार्यक्रम’ भन्दै उनले स्थायी समिति सदस्यहरुलाई नयाँ बानेश्वरस्थित इन्द्रणी फुडल्याण्डमा जम्मा पारेका हुनन् ।

असोज ५ मा बसेको सचिवालयको बैठकले गरेका सातै प्रदेशमा इन्चार्ज–सहइन्चार्ज, अध्यक्ष र सचिव छान्ने निर्णयमा असन्तुष्ट बनेका नेपालले दुई अध्यक्ष देशबाहिर भएको समयमा स्थायी कमिटी सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गर्नुलाई राजनीतिक टिप्पणीकारहरुले ‘विवादको नयाँ अध्याय’ का रुपमा अर्थ्याएका छन् ।

‘केही समय अघि मात्रै चियापान कार्यक्रमको लागि निमन्त्रणा आएको छ,’ एक स्थायी कमिटी सदस्यले शुक्रबार बिहान भने– ‘कार्यक्रम कस्तो हो– बुझ्दैछौं, त्यहाँ जाने वा नजाने कुनै निर्णय गरेका छैनौं ।’

यतिबेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका छन् भने अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड सिंगापुरमा छन् । नेकपाका दुई अध्यक्षले कसैलाई पनि ‘कार्यबाहक अध्यक्ष’ को जिम्मेवारी नदिनुलाई पनि वरिष्ठ नेता नेपालले अर्थपूर्ण रुपमा लिएको बताइँदैछ ।

वरिष्ठ नेता नेपालनिकट एक नेताले जनाए अनुसार शुक्रबार बिहान स्थायी कमिटीका सवै सदस्यहरुलाई चियापान कार्यक्रमको सूचना पठाइसकिएको छ । अध्यक्षद्वयको निर्णयशैलीले पार्टीलाई साँघुरो बनाएको भन्दै सर्वत्र विरोध भैरहेको दावी ती ती नेताले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर