newskoseli.Com

पेट्रोलियम पाइपलाइनबारे नेपाल–भारतबीच छलफल

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच शुक्रबार भएको भेटवार्तामा द्विदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयस्थित कार्यवाहक प्रधानमन्त्री पोखरेलको कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने जानकारी मन्त्री प्रधानले गराएका छन् ।

सो विषयमा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लगाइने भएको छ । पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी कार्यवाहक प्रधानमन्त्री पोखरेलले दिए ।

दुई देशका मन्त्रीहरुबीच भारत सरकारको सहयोगमा बन्ने हेटौंडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको छ । भारतीय मन्त्री प्रधान शुक्रबारै नेपाल आएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर