newskoseli.Com

ढिस्कोले पुरिएर १ महिलाको मृत्यु, ३ घाइते

फाइल तस्बिर

बेनी नगरपालिका– २, ज्यामरुककोटमा शुक्रबार माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा– २, ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताएका छन् । उपचारका लागि बागलुङस्थित धौलागिरि अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो ।

ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका– ५, मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा– २, की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ । बेनी नगरपालिका– २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर