newskoseli.Com

उपसभापति निधिको दावी : ‘कांग्रेसमा गुट–उपगुट छैनन्’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट–उपगुट नरहेको दाबी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको कांग्रेसका ५ नं. प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै विगतमा गुट–उपगुटका कारण पार्टी कमजोर भएको भन्दै अब केन्द्रदेखि स्थानीय तहसम्म एक हुनुपर्ने निधिले बताए ।

उपसभापति निधिले भने– ‘अब पार्टीमा दुई खेमा हुँदैन, त्यसको अत्यका लागि केन्द्रदेखि स्थानीय तहसम्म एउटै हुने प्रयत्नमा छौं, अब तपाईंहरु पनि पार्टीलाई एकढिक्का बनाएर बलियो पार्टी बनाउनतर्फ लााग्नुहोस् ।’ विभिन्न कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै कांग्रेसलाई पहिलो पार्टी बनाउन आफूहरु लागेको उनले बताए ।

पार्टीलाई आधुनिक राजनीतिक प्रणालीमा लैजान विधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सङ्घीय संरचना, धर्मनिरपेक्षता, लोकतन्त्र, समाजवाद, अहिंसाजस्ता पार्टीका मुद्दालाई सार्थक रूपमा अगाडि बढाउनकै लागि विधान संशोधन आवश्यक भएको उपसभापति निधिले बताए ।

पार्टीको विधान समयसापेक्ष संशोधन गर्नु आवश्यक भएकाले विधानलाई परिमार्जन गर्न लागिएको जानकारी विधान संशोधन समितिका संयोजक रमेश लेखकले दिए । प्रदेश नं. ५ अन्तर्गत दाङ, बाँके, बर्दिया, रुपन्देही, प्युठान, रोल्पा, पश्चिम रुकुमका कांग्रेस केन्द्रीय सदस्य, प्रदेश प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, सबै भ्रातृ सङ्गठनका प्रतिनिधि सहभागी भएको भेलामा विभिन्न पाँच समूहमा विभाजन गरेर विधान मस्यौदामा सुझाव सङ्कलन गरिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर