newskoseli.Com

पहाडीको २७औं पुस्तक ‘युद्ध निषेध : शान्ति विशेष’ सार्वजनिक

मानवअधिकारवादी नेता कृष्ण पहाडीको नयाँ पुस्तक ‘युद्ध निषेध : शान्ति विशेष’ सार्वजनिक भएको छ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीका विशेष आलेखलाई पुस्तकमा समावेश गरिएको छ ।

उनले लेखेको यो २७औं पुस्तक हो । शान्ति समाजका १३ सदस्यको सहयोगमा पुस्तक प्रकाशन गरिएको महासचिव उत्तम पुडासैनीले जानकारी दिए । ‘विखण्डनको राग अलाप्ने मुसो प्रवृत्तिलाई तह लगाउन नेपाली जनता सक्षम छन् तर त्यो मुसो प्रवृत्तिलाई काँधमा बोक्ने बाह्य बाघहरूसँग भने होसियार हुनु जरुरी छ । त्यसैले मैले त्यो षड्यन्त्रको पर्दाफास गर्नु आवश्यक ठानें र त्यसविरुद्ध उभिएँ । आज पनि म हिंसा, घृणा र विखण्डनविरुद्ध हुङ्कार गर्छु र त्यसका पृष्ठपोषकविरुद्ध आजीवन लडिरहने प्रण गर्छु’– पुस्तकमा पहाडीले लेखेका छन् ।

विभिन्न ‘शक्तिराष्ट्र’ का घोषित–अघोषित नेपाल नीति, सुरक्षा र सामरिक महत्त्वका विषयमा विगत एक वर्षमा प्रकाशित पहाडीका १७ लेख सो पुस्तकमा समावेश गरिएका छन् । शान्तिको पक्ष तथा हिंसा र युद्धको विपक्षमा समर्पित पुस्तक बिक्रीबाट प्राप्त हुने रकम शान्ति समाजको अभियान–कार्यक्रम सञ्चालनमा खर्च गरिने बताइएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर