newskoseli.Com

राष्ट्रिय जनता दल बिलय भयो नेपाल कम्युनिस्ट पार्टीमा

राष्ट्रिय जनता दल नामक राजनीतिक समूह नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ ।

नेकपाको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले भरत महतोको नेतृत्वमा रहेका जनता दलका नेता–कार्यकर्तालाई पार्टीमा प्रवश गराएका हुन्। सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) का सर्लाही जिल्ला अध्यक्ष नागेश्वर साह पनि नेकपामा प्रवेश गरे ।

कार्यक्रममा बोल्दै महासचिव पौडेलले समाजमा अन्याय र विभेदको अन्त्य गरी मुलुकमा सामाजिक न्याय र समानता कायम गर्न नेकपाले सकारात्मक भूमिका निर्वाह गरेका कारण अहिले विभिन्न दल र जनताको विश्वास र आकर्षण बढेको बताए । पार्टीको आदर्श र राजनीतिक कार्यक्रमलाई जनताको सेवामा केन्द्रित गर्न निर्देशन दिँदै महासचिव पौडेलले जनता दलका विभिन्न नेता तथा कार्यकर्ताको अनुभवका आधारमा उनीहरुलाई उपयुक्त जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे ।

जनता दलका अध्यक्ष महतो, राजपाका नेता साह र पिछडा वर्गका नेता मनइ महतोले मधेशमा सम्भ्रान्त समूहले निमुखा वर्गमाथि गरिरहेको जातीय विभेदको अन्त्यका लागि मार्क्सवादी चिन्तन आवश्यक रहेको बताउँदै नेकपाले मधेशी समाजको एकता र अखण्डताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विश्लेषणका आधारमा आफूहरु ऐतिहासिक पार्टीमा प्रवेश गरेको बताए ।

सोमबारै पिछडा वर्ग महासङ्घलाई पनि नेकपामा समाहित गराइयो । महासङ्घलाई पार्टीको जनवर्गीय सङ्गठनका रुपमा विकास गर्न सम्बद्ध कार्यकर्ताहरुले आग्रह गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर